काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एसियन अवार्डबाट सम्मानित गरिने भएको छ। चौधरीलाई ‘फिलान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्न लागिएको हो।
दुबईस्थित म्युजियम अफ द फ्युचर भवनमा अक्टोबर ७ तारिखमा विशेष समारोहका बिच चौधरीलाई सम्मान गरिनेछ।
एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाजसेवामा उत्कृष्ट योगदान पुर्याउने प्रतिभालाई सम्मान गर्दै आएको छ।
यो अवार्डबाट आर्ट अफ लिभिङका संस्थापक श्री-श्री रविशंकर, ब्रुसली, सचिन तेन्दुलकर, ज्याक मा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यानलगायत सम्मानित भएका छन्।
चौधरीले फाउन्डेसनमार्फत गरेका सामाजिक कार्यको मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको हो।