काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कोशी प्रदेशमा पहिचानकै आधारमा पुन: नामकरण हुनुपर्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरिको स्मृति सभामा उनले प्रदेशको नाकरणको विषयमा स्व. प्रदीप गिरिले दिएको विचारसँग नेपाली का‌ंग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताए।

उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको उल्लेख गरे। पहिचानको आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मको लागि रोक्न सकिने स्व. गिरिको विचार काँग्रेस जस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने भनाइ उनको थियो।

उनले स्व. प्रदीप गिरिको विचारलाई जम्मा गरेर राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने बताए।

उनले कांग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया