काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र शहरी विकासमन्त्री सीता गुरुङले सिंहदरबारको पश्चिम मोहडाको प्रबलीकरण भइरहेको कामको स्थलगत निरीक्षण गरेका छन् । अनुगमनपछि प्रधानमन्त्री दाहालले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री दाहाल र मन्त्री गुरुङसहित मन्त्रालयको टोलीले सिंहदरबारभित्र भइरहेको प्रबलीकरणको कामको अवलोकन गरेका थिए भने प्रधानमन्त्री कार्यालय भवनको समेत निरीक्षण गरेका थिए ।
निरीक्षणपछि प्रधानमन्त्री दाहाल र मन्त्री गुरुङले निर्धारित समयमै काम पूरा गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको मन्त्री गुरुङका स्वकीय सचिव हेमन्त गुरुङले जानकारी दिए ।
‘सम्माननीय प्रधानमन्त्री ज्यु, माननीय शहरी विकास मन्त्रीज्यु, मन्त्रालयका सचिव ज्यु, महानिर्देशकज्यु लगायतले सिंहदरबारमा प्रवलीकरण भईरहेको प्रधानमन्त्री कार्यालय भवनको निरिक्षण भएको छ,’ गुरुङले भने, ‘निर्धारित समय भित्रै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन गर्नुभएको छ ।’
तस्विरहरु