काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य एवम् प्रवक्ता सुन्दर पुर्कुटी र अष्ट्रेलियाकालागि नेपाली राजदूत कैलाशराज पोखरेलबीच भेटवार्ता भएको छ ।
अष्ट्रेलिया भ्रमणमा रहेका आयोगका प्रवक्ता पुर्कुटी क्यानबेरास्थित दुतावासको कार्यालयमै पुगेका थिए ।

त्यसक्रममा सदस्य पुर्कुटी र राजदूत पोखरेलबीच अष्ट्रेलियामा रहेका नेपाली र दलित समुदायका विद्यार्थीहरुको सन्दर्भमा छलफल भएको हो ।
भेटमा आयोगका प्रवक्ता पुर्कुटीलाई राजदूत पोखरेलले अष्ट्रेलियामा रहेका नेपालीहरुको अवस्था, विद्यार्थी र छात्रवृत्ति, त्यस्ता कार्यक्रममा नेपालका दलित तथा पिछडिएका समुदायका विद्यार्थीहरुको सहभागिताको अवस्था, अष्ट्रेलियामा नेपाली रैथाने संस्कृति, कला, शिल्पकला र पहिचानको जगेर्ना लगायत विषयहरुमा जानकारी गराएका थिए ।

आयोगका प्रवक्ता पुर्कुटीले अष्ट्रेलिया सरकारसँग साझेदारीमा नेपालका दलित तथा पिछडिएको समुदायकालागि गर्न सकिने काम र सम्भावनाका विषयहरुमा समेत छलफल भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया