काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ।

निगमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्नेछ। यसअघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ । यसअघि निगमले असोज २८ गते पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँ घटाएको थियो। पेट्रोलको मूल्य यथावत छ। काठमाडौँमा पेट्रोलको मूल्य १७२ रुपैयाँ छ।

 

तपाईको प्रतिक्रिया