डिकेन्द्र बराल, 

तेह्रथुम । मानव अधिकार तथा शान्ति समाज तेह्रथुमको १० औँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

स्वयमसेवी भावनाले मानव अधिकार र विश्व शान्तिकालागि अभियनात्मक कार्यक्रमहरु सन्चालन गर्दै समाजको साधारण सभाले मानव अधिकारको सुनिश्चितताकालागि माग गरेको छ भने संस्थाका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा गरेको छ ।

सभामा संस्थाका कोषाध्यक्ष विमलादेवी श्रेष्ठले संस्थाको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव लक्ष्मी नारायण मिश्र, केन्द्रिय सदस्य एवम् पर्यवेक्षक निर्मला गुरुङ्ग, मानव अधिकार तथा शान्ति समाज संखुवासभा सभापति लोकदर्शन शाक्य, समाजकै तेह्रथुम पुर्वसभापति गोविन्द ढुंगाना लगायतले विश्व शान्तिको आवश्यकता र नेपालको शान्ति प्रक्रियाका सन्दर्भमा धारणाहरु राखेका थिए ।

तेह्रथुम उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रम मानव अधिकार तथा शान्ति समाज तेह्रथुम शाखाका सभापति टिकाराम खुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सभामा शाखाका पदाधिकारीहरु, आजिवन सदस्यहरु, साधारण सदस्यहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारहरु, मानव अधिकारकर्मीहरु लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया