काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन्।

युरोप भ्रमणमा जान लागेका उनी त्यहाँको कार्यक्रम स्थगित गरेर भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा जान लागेका हुन् । पौडेलले भूकम्प प्रभावितको उद्धार, उपचार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

शुक्रबार मध्यरातमा गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न उनी ती क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया