काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ।

मंगलबार राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले १५ खेलाडी तथा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो एक/एक जना गरी १९ जनाका लागि नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो।

प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार गरी २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गरिएको छ।

नेपालले गत आइतबार काठमाडौंमा सम्पन्न आईसीसी पुरुष टी-२० विश्वकपको एसिया छनोटको फाइनल पुग्दै विश्वकपमा स्थान सुरक्षित गरेकाे थियाे।

तपाईको प्रतिक्रिया