काठमाडौं । सहरी विकास मन्त्रालयले रेट्रोफिटिङ गरेर बनाएको मन्त्रिपरिषद्को बैठककक्ष बुधबारदेखि सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विहान एक कार्यक्रमका बीच बैठककक्षको उद्घाटन गरे भने लगत्तै त्यही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बसेको छ ।
०७२ सालको भूकम्पले क्षति पुगेपछि सो भवन प्रयोगविहीन बनेको थियो । सहरी विकास मन्त्रालयले सो भवनलाई रेट्रोफिटिङ गरेर पुन: प्रयोगमा ल्याउन योग्य बनाएको हो ।
भवन प्रबलीकरण गरेर तयार भएपछि यसअघि प्रयोगमा रहेको भवनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पूरानै भवनमा सारिएको छ ।