तेह्रथुम । सहरी विकास मन्त्री सीता गुरूङ गृह जिल्ला तेह्रथुम आउँदै छिन् ।

जिल्ला स्थित विभिन्न योजनाहरूको उद्घाटन, शिलान्यास तथा अनुगमनको लागि मन्त्री गुरूङ गृह जिल्ला आउन लागेकी हुन् ।

त्यसक्रममा जिल्लाका कार्यालय प्रमुख र राजनीतिक दलका नेता कार्यकर्तासँग भेटघाट तथा छलफलको कार्यक्रम समेत तय भएको स्वकीय सचिव हेमन्त गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङ शनिबार जन्म गाउँ आठराई आइपुग्ने कार्यक्रम छ । त्यसपछि माघ १० गतेसम्म तेह्रथुमका सबै पालिकाहरुमा पुग्ने कार्यक्रम रहेको छ ।

यस्तो छ, तेह्रथुम जिल्ला भ्रमणको कार्यक्रम तालिका

May be an image of text

तपाईको प्रतिक्रिया