तेह्रथुम । पत्रकार भगिश्वर लिम्बुको लिम्बुभाषाको कविता संग्रह थोःक्ला विमोचन गरिएको छ । शहरी विकास मन्त्री सीता गुरुङले लिम्बुको संग्रह लालीगुराँस नगरपालिकाको वसन्तपुरमा मंगलबार विमोचन गरेकी हुन् ।
कविता संग्रह विमोचन गर्दै मन्त्री गुरुङले सवै भाषाका साहित्य सर्जकहरुलाई फस्टाउने वातावरण राज्यले सृजना गर्नुपर्नेमा जोड दिईन् । गद्य र पद्य दुवै शैलीमा लेखीएका ३५ वटा कविता पुस्तकमा समावेश गरिएको छ । लिम्बु समुदायमा परम्परा देखी चलीआएका मौलिकता र विगतका वास्तविकताको भावलाई कबितामा समावेश गरीएको पुस्तकका सर्जंक कवि लिम्बुले वताए ।
तेयुङ लिम्बु यसङ वंशावली संघ नेपालले प्रकाशन गरेको कविता संग्रह थोःक्लाले पछिल्लो पिडीका कवि वा कवितामा रुचि राख्ने साहित्यप्रेमीहरुलाई कविता मोह बढाउन समेत प्रेरीत गर्ने लिम्बुले वताए ।
पछिल्लो समय लिम्बु समुदायमा भाषा,लिपी,कला,साहित्य र संस्कृती प्रती मोह घट्दै गैरहेका बेला पत्रकार समेत रहेका कवि लिम्वुद्धारा कृति प्रकाशन हुनु महत्वपुर्ण रहेको मुन्धुमका जानकार समेत रहेका लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले वताए ।
लिम्बु भाषा र लिपीमा पहिलो पटक प्रकाशन भएको थोःक्लालाई नेपाली भाषामा ढोयो भन्ने अर्थ लाग्छ । समाजमा चेली माईती बिच आर्थीक उपार्जनको अपेक्षाले चेलीले माईतीलाई दिने उपहारलाई लिम्बु भाषामा थोःक्ला भन्छिन ।
विगत दुई दशकदेखी पत्रकारितमा सक्रिय लिम्बु रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर तथा पत्रकार महासंघ जिल्ला शाखाका पुर्व उपाध्यक्ष हुन । कृति देवनारिक र श्रीजंगा दुवै लिपीमा प्रकाशन गरिएको छ । साहित्यमा रुची राख्ने लिम्बुले प्रसस्तै फुटकर कविता र हाँस्य व्यङग विधाहरु प्रस्तुत गर्दै आएका छन् ।