काठमाडौं । सोमबार (आज) ११ बजेका लागि तोकिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विशेष परिस्थिति कारण प्रतिनिधि सभाको बैठक रोकिएको संसद सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभाको अर्को बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने सूचना टाँस गरिएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम थियो।

 

तर प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि संसद बैठक स्थगित भएको हो।

तपाईको प्रतिक्रिया