काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यले फेरि रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो।
छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
शक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार १ तोला चाँदीमा ५५ रुपैयाँले बढेर १ हजार ६७० रुपैयाँ पुगेको छ।
शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५रुपैयाँमा कारोबार भएको थियो।