सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख तिलक परियारले मंगलबार साँझ कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कँडेलले २३ सांसदको समर्थन पाएका छन्।
नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षर बुझाउँदै उनले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गरेलगत्तै मुख्यमन्त्रीमा नियुक्ति पाएका हुन्।
कर्णालीमा सरकार गठनका लागि २१ जना सांसद्को आवश्यकता पर्छ।