बझाङ । बझाङ प्रदेश १ (क)को उपनिर्वाचनको मतगणनाको ताज अपटेड अनुसार एमालेले आफ्नो निरन्तरको अग्रतालाई कायमै राखेको छ।

एमाले उम्मेदवार दमनबहादुर भण्डारीले कांग्रेस उम्मेदवार अभिषेबहादुर सिंमाथि ७ सयभन्दा बढीको अग्रता बनाएका छन्।

एमाले उम्मेदवार भण्डारीले अहिलेसम्म गणना भएको ६२२९ सदर मतमध्ये २२२९ मत पाएका छन्। कांग्रेसका सिंहले १५०४ मतसहित उनलाई पछ्याइरहेका छन्।

यस्तै? माओवादी केन्द्रका जनकबहादुर बुढा १४८२ मत ल्याउँदै तेस्रो स्थानमा छ भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९०३ मत पाएकाछन्।

तपाईको प्रतिक्रिया