काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले ३ वर्ष कैद सजाय तोकिएको छ।

विशेष अदालतका  अध्यक्ष टेकनारायण कुँवर, सदस्य रामबहादुर थापाको इजलासले आइतबार उनलाई सहुलियतपूर्वक ३ वर्ष कैद सजाय ठहर गरेको हो।

अदालतले न्यौपानेलाई १२ करोड ८४ लाख विगो र त्यसको दोब्बर हुन आउने २५ करोड ६९ लाख रुपैयाँ जरिवानाको सजाय तोकिएको छ। न्यौपानेको स्वास्थ्यस्थिती, आर्थिक एवं सामाजिक अवस्था, पारिवारिक अवस्था र कसुरको अवस्था हेरेर सजाय तोकिएको जनाएको छ।

तपाईको प्रतिक्रिया