काठमाडौं । नेपाल विद्यार्थी संघको प्रवक्तामा सुरज सेजुवाल नियुक्त भएका छन् । अध्यक्ष दुजाङ शेर्पाले अधिवक्तासमेत रहेका केन्द्रीय सदस्य सेजुवाललाई नेविसंघ केन्द्रीय समितिको प्रवक्ता तोकेका हुन् ।

महाधिवेशन गर्न नसकेर तदर्थ समितिकारुपमा गठित नेविसंघ वर्तमान केन्द्रीय समितिमा पदाधिकारी छैनन् । अध्यक्ष शेर्पाले सेजुवाललाई केन्द्रीय समितिको प्रवक्ताको जिम्मेवारी तोकेर चिठी दिएका हुन् ।

जुम्लाका सेजुवाल नेपाल ल क्याम्पसमा नेविसंघ सभापति हुँदै केन्द्रीय समितिमा आएका हुन् । उनले २०७३ सालदेखि गुणस्तरीय कानुनी शिक्षा एवं कानुन विश्वविद्यालय स्थापनार्थ ‘कानुनी शिक्षा सुधार अभियान’ को संयोजकत्व गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया