काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिकविज्ञ डा चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीकृत गरेका छन्।

नेपालले दिएको राजीनामा शनिबार राष्ट्रपतिले पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

नेपाल सरकारले रु १०० को नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेपछि उक्त कदम गलत भएको भन्ने अभिव्यक्ति नेपालले दिएका थिए।

यसपछि उनले राजीनामा दिनुपर्ने विषय उठेको थियो।

तपाईको प्रतिक्रिया