कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७, शुक्रबारेमा रहेको भलुवा सिमसारको निर्माण कार्य अलपत्र परेको छ । सिमसारलाई पूर्वकै नमूना पर्यटकीय गन्तव्य स्थल बनाउने भन्दै २०७८ मंसिर ७ मा तत्कालिन कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले शिलान्यास गरेका थिए ।

भलुवा सिमसार विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ५ करोड रकम विनियोजन भएको थियो । केही काम सुरु भएको सिमसारमा हाल निर्माणको काम ठप्प छ । भलुवा सिमसार निर्माणको लागि पुर्व मन्त्री भानुभक्त ढकालले ५ करोड बजेट बिनियोजन गरेका थिए । मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत व्यवहोर्ने गरि रकम बिनियोजन गरिएको थियो ।

सिमसार दुई बर्ष भित्र काम सम्पन्न गर्ने गरि ३ करोड ६५ लाख ९८ हजार ८ सय ७० रुपैयामा “स्काई सएस मुटुयल जेबि” ठेक्का लिएको थियो । हाल योजनाको ठप्प भएको छ । भलुवा सिमसारमा ४० प्रितिशत पनि निर्माणकार्य सम्पन्न्न भएको छैन ।

यश सिमसार संरक्षण र सम्वधर्नको लागी लाखौ बजेट निकासा भएपनी यस्को उन्न्ती र प्रगती नभएको स्थानीयको भनाइ रहेको छ । सिमसारका लागि आएको बजेट बालुवामा पानी बराबर भएको स्थानीयले बताए ।

कानेपोखरी गाउँलालिकाकी अध्यक्ष राजमती इङनामले वन क्षेत्र भित्र पर्ने भएकाले र केन्द्रबाट बजेट नआएको कारण काम रोकिएको बताइन्। वनले कार्ययोजना बनाएपछी काम फेरि छिटै सुरु हुने इङनामको भनाई छ । केन्द्रिय सरकारबाट बजेट आउने भएको कारण कानेपोखरी गाउँपालिकाले यस बर्ष भलुवा सिमसारको लागि बजेट नछुटाएको अध्यक्ष इङ्नामले बताइन् ।

करिब दुई बर्ष बितिसक्न पनि भलुवा सिमसारको काम आधा पनि नभएको कानेपोखरी वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी बताउँछन् । ठेकेदार कम्पनीले दुई बर्ष भित्र काम सम्पन्न हुने गरि काम सुरु गरेको वडाध्यक्ष अधिकारीको भनाई छ । सिमसारमा पोखरी सफाई, कलपट निर्माण, पैनीमा क्यानल निर्माण र घेरा बारा गर्ने काम आधा मात्रा सम्पन्न भएको वडाध्यक्ष अधिकारिले बताए ।

ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र रहेको करिब १४ हेक्टर जमिनमा सिमसार फैलिएको छ । पुर्ब पश्चिम राजमार्ग कानेपोखरी चोक देखि करिब तीन किलोमीटर दक्षिणमा रहेको सिम तथा जलाधार क्षेत्रमा सिमसार रहेको छ । वन्यजन्तुको लागि सानो चिडियाखाना, ट्रि हाउस, वनभोज स्थल, कटेज, स्वागत गेट, कल्भट, शौचालय, विश्रामलय, पाले बस्ने ठाउँ, पोखरी विस्तार तथा सफा गर्ने, पोखरीको विचमा पुलको निर्माण, सभाहल सहितको पाहुना वस्ने घर जस्ता संरचना निर्माण हुने भनिएको थियो ।

अहिले सम्म भनिएका आधा काम पनि सम्पन्न भएको छैन । उति खेर तत्कालीन वन समितीका अध्यक्ष हरि पौडेलले भलुवा सिमसार क्षेत्रलाई वनको भावी कार्ययोजनामा समेटि १० बर्षमा पुर्वकै प्रमुख पर्यटकीय स्थल बनाउने घोषणा गरेका थिए ।

भलुवा सिमसार तथा जलाधार क्षेत्रबाट निस्किएको पानीले कानेपोखरीको वडा नं.४, ६ र ७ सम्म करिब १ हजार बिघाभन्दा बढी जमिनमा सिंचाइ हुँदै आएको छ । ‘भलुवा सिमसार’ पुर्वकै नमूना पर्यटकीय गन्तव्य स्थल निर्माण गर्ने भन्दै कानेपोखरी गाउँपालिकाले कामअघि बढेको थियो ।

तपाईको प्रतिक्रिया