काठमाडौं । कांग्रेस सांसद मुक्ताकुमारी यादवले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार समावेशी नभएको बताएकी छन् । ्प्ति

निधिसभाको सोमबारको बैठकमा सांसद यादवले सरकारलाई समावेशी बनाउन चुकेको बताइन् । वीपी कोइरालाले २०१५ सालमा सरकार गठन गर्दासमेत समावेशी मन्त्रिपरिषद् रहेको उल्लेख गर्दै सांसद यादवले वर्तमान सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना गरेकी हुन् । ‘२०१५ सालमा महामानव वीपी कोइरालाले समावेशी सरकार बनाउनुभएको थियो,’ सांसद यादवले भनिन्, ‘अहिले यो सरकार सुमावेशी छैन, समावेशी बनाउन चुक्नुभएको छ ।’

ओली नेतृत्वको मन्त्रिपरिपरिषद्मा दलित, मुस्लिमलगायतको शून्य सहभागिता रहेको भन्दै सार्वजनिक रूपमा आलोचना भइरहेको छ । त्यस्तै, दुई जना मात्रै महिलालाई मन्त्री बनाएर न्यून सहभागिता गरिएको प्रश्न पनि उठेको छ । सरकारमा सहभागी कांग्रेस सांसदले नै सरकार समावेशी नभएको भन्दै संसद्मा पनि प्रश्न उठाएकी हुन् ।

तपाईको प्रतिक्रिया