काठमाडौं । न्याय परिषद्को मंगलबार बसेको बैठकले एकसाथ ९१ जना न्यायाधीशको सरुवा निर्णय गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले जिल्ला र उच्च अदालतका गरी एकै पटक ९१ जना न्यायाधीशको सरुवा गरेको हो।
कानुनतः प्रत्येक दुई बर्षमा जिल्ला र उच्च अदालतका न्यायाधीश सरुवा गरिने व्यवस्था छ। परिषदको निर्णय अनुसार उच्च अदालतका २६ र जिल्ला न्यायाधीश ६५ जनाको सरूवा भएको छ।
कसको कहाँ सरुवा भयो ?