काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४को ताज आश्माकुमारी केसीले जितेकी छन्।
शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो। उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन्।
यस्तै, मिस नेपाल अर्थ सुमना केसी बनिन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि जितिन् ।
श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्स कृति श्रेष्ठ बनिन्।