बझाङ । बझाङमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्।
बुङ्गल नगरपालसका–१०को टुमेडामा आइतबार राति पहिरो जाँदा एकै परिवारका ४ जना बेपत्ता भएको नगरपालिकाका उपप्रमुख धनबहादुर बोहराले जानकारी दिए।
‘५ जनाको उद्धार भयो। बाँकी ४ जनाको खोजी भइरहेको छ,’ बोहराले भने। घटनाको थप विवरण आउन बाँकी छ।