काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु १ लाख ५३ हजार कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु १ लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ।

मङ्गलबार प्रतितोला रु १ लाख ५२ हजार २ कारोबार भएको छापावाल सुन आज ८ सयले वृद्धि भई नयाँ रेकर्ड कायम गरेको हो।

यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले बढेको छ। मङ्गलबार प्रतितोला रु १ हजार ८२० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ८३५ निर्धारण भएको छ।

तपाईको प्रतिक्रिया