दिपेश रोका,

काठमाडौं । असोज ३ अर्थात् सिंवधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘खुस्मा’ बुधबार साँझ राजधानीस्थित कमलपोखरीको बिग मुभिजमा रेड कार्पेट तथा बाजासहित प्रिमियर भएको छ । चलचित्रको भूमिकामा रहेका नायक धिरज मगर र नायिका उपासनासिंह ठकुरी मगर जातिको सांस्कृतिक पहिरनमा आएका थिए ।

जनयुद्धको कथामा निर्माण भएको चलचित्र खुस्माको लेखन तथा निर्देशन असोक थापा मगरले गरेका हुन् । चलचित्रको मुख्य भूमिकामा धिरज मगर, उपासना सिंह ठकुरी, मोत्से गुरुङ, राज थापा काउचा बिजय संयोग सुब्बा, सुजाता राई, अस्तितिवा भातचान, अरुण मगर, राजु रेग्मी मगर, संगीता थापा, सारदा राई, बिबेक बुडा मगर, स्वेता मिस्त्रा, साजन थापा मगर, दुईसान थेंग, महेस बराल, चेतना बुडा लगायतको अभिनय रहेको छ ।

प्रिमियरमा चलचित्र खुस्मा हेर्नको लागि काठमाडौँस्थित बिग मुभिजमा चलचित्रकर्मी राजनीतिककर्मीहरुको उपस्थिति थियो । चलचित्र हेर्न अभिनेताहरु निश्चल बस्नेत , सलिनमान बानियाँ, अभिनेत्री पशुपति राई, निर्देशक रेनिसा राई, सांसद ज्ञानेन्द्र शाही, मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मागर लगायत उपस्थित थिए ।

प्रिमियरमा चलचित्र खुस्मालाई अधिकांशले धेरै राम्रो चलचित्र बनेको भनेर प्रसंशा समेत गरेका छन् । चलचित्र हेरिसकेपछि सांसद ज्ञानेन्द्र शाहीले चलचित्र निकै राम्रो बनेको बताए । त्यस्तै, चलचित्र हेर्न गएका अभिनेता निश्चल बस्नेतले चलचित्रको कथा बस्तु धेरै राम्रो लागेको बताए ।

त्यस्तै अभिनेता सलिनमान बानियाँले पनि चलचित्रमा धिरज र उपास्नाको जोडी धेरै राम्रो लागेको र चलचित्र मन परेको बताए । त्यस्तै, चलचित्र हेर्न गएकी अभिनेत्री पशुपति राईले द्वन्दकालीन समयमा एउटा प्रेम कथा त्यो समयलाई सम्झाउने एउटा निकै राम्रो चलचित्र बनेको बताइन् ।

निर्देशक रेनिस राईले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिए । उक्त चलचित्र बिरबहादुर लामा र चन्द्र भातचानले निर्माण गरेका हुन् ।

चलचित्रका कार्यकारी निर्माता सुस्मिता बुढाथोकी रहेकी छिन् भने प्रिमियरमा मिलेको साथ सहयोग र प्रसंशाले असोज ३ गते बिहीबारबाट प्रदर्शनमा आउने चलचित्रलाई  दर्शकहरुले पनि मन पराउने निर्माण टिमको आशा रहेको छ ।

तपाईको प्रतिक्रिया