काठमाडौँ । नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले श्रमसम्बन्धी विमर्श कार्यक्रम गर्ने निर्णय गरेको छ ।
विभागको पहिलो बैठकले श्रमिक तथा ट्रेड युनियनका सवाललाई पार्टीभित्र र राज्यको नजरमा पर्ने गरी बहसमा ल्याउन पहल गर्ने र त्यसका लागि वैचारिक तथा बहस र विमर्शका कार्यक्रमहरू निरन्तर आयोजना गर्ने निर्णय गरेको विभागका प्रमुख हरिशरण नेपालीले जानकारी दिए ।
उनका अनुसार विभागको बैठकले विभाग गठन तथा सदस्यहरूको मनोनयनका सन्दर्भमा सभापति शेरबहादुर देउवाप्रति धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको छ । बैठकले विभागको सचिवालयमा अर्को व्यवस्था नभएसम्मका लागि विभागका सदस्य डीपी अर्याललाई सचिवालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।
त्यस्तै, कार्यालय व्यवस्थापनका लागि विभागका प्रमुख हरिशरण नेपाली र सचिव डीपी अर्याललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।