लखनउ। भारतको उत्तर प्रदेशमा प्रहरीको यातनाबाट हिरासतमा रहेका एक १६ वर्षीय दलित बालकको मृत्यु भएको छ ।

उनलाई ३ सेप्टेम्बरमा चोरीको आरोपमा लखिमपुर जिल्लाको खेरी प्रहरीले पक्राउ गरेको थियो । सोधपुछका क्रममा प्रहरीले उनलाई अमानवीय यातना दिएको र त्यहीकारण उनको मृत्यु भएको जनाइएको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उनलाई उपचारका लागि लखनउ अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि आफन्त र स्थानीयवासीले प्रहरीविरुद्ध कारबाहीको माग गर्दै धर्ना दिएका छन् ।

एसपी गणेशप्रसाद साहलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ, ‘मृत्युको विस्तृत अनुसन्धानको सुरुवात भइसकेको छ ।’

स्रोतका अनुसार उक्त थानाका अफिसर रमेशकुमार तिवारी लामो समयदेखि सेप्टिसिमिया नामक रोगबाट ग्रसित थिए ।

तपाईको प्रतिक्रिया