काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले भेटमा नेपालले टुंग्याउँदै गरेको संक्रमणकालीन न्यायदेखि जलवायु परिवर्तनमा न्यायसम्मका कुरा भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्क गएका प्रधानमन्त्रीओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि स्थानीय समयअनुसार आइतबार साँझ ५ बजे ‘साइडलाइन’ भेटवार्ता गर्ने भएका छन् ।