दिपेश रोक्का । काठमाडौ

मोरङको कानेपोखरी ६ रमाइलोमा यती बेला उज्वल भविष्य बाल क्लबको आयोजनामा शुक्रबार देखी बोन्च कप फुटबल प्रतियोगिता चलिरहेको छ । एक हप्ता सम्म चल्ने फुटबल प्रतियोगितमा स्थानीय टिम लगायत बाहिरी जील्लाका टिमले पनी सहभागीता जनाएका छन् । फुटबल हेर्नको लागी आउने दर्शक हरु को उपस्थती पनी निकै बाक्लो रहेको छ ।

बोन्च कप देखी सुरुवात हुने  सिल्भर कप देखी गोल्ड सम्म गराउने योजना रहेको क्लबका संरक्षक नविन श्रेष्ठले बताए । उज्वल भविष्य बाल क्लबले स्थापना काल देखी नै समाजमा विभिन्न सामाजिक काम गर्दै आएको एक सामाजिक संस्था हो ।

यस संस्थाले विभिन्न खेलकुदका कार्यक्रमहरु पनीे गर्दै आएको छ । यस संस्थाले १००० भन्दा बढी बालबालीकालाइ साथ सहयोगगरी १०० घर परिवार को आर्थिक अवस्था कमजोर भएका हरुलाइ सहयोग गरी सकेको क्लब सचिव उपेन्द्र पौडेल ले बताए ।

खेल संयोजक नगेन्द्र घिसीङ रहेका छन् । यस संस्थाले खेल क्षेत्रको लागी मोरङ जिल्लाको परिचित गोल किपर शुसील कार्की र सुमित राइ खेल संरक्षरणका निमीत्व यस संस्था बाट प्रतिनीधित्व गरिरएका छन् ।

तपाईको प्रतिक्रिया