समता प्रेस काठमाडौ । हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’फिल्म ‘जेरी अन टप’ मा अनुबन्धित भएका छन् । शुक्रबार निर्माता र उनीबीच लिखित समझदारी भएको हो ।

यो फिल्मको मुख्य भूमिकामा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, सुरक्षा पन्त यसअघि नै अनुबन्धित भैसकेका छन् ।

यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । फिल्मको पटकथामा चर्चित कन्टेन्ट क्रिएटर साइग्रेस पोखरेल पनि जोडिएका छन् । फिल्मको छायांकन आउँदो सातादेखि सुरु हुने जनाइएको छ ।

लगातारको कास्टिङ हेर्दा फिल्म ‘मल्टिस्टारर’ हुने देखिन्छ । त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको फिल्मको छायांकन काठमाडौं र भारतको लद्दाखमा हुनेछ ।

तपाईको प्रतिक्रिया