काठमाडौं । ब्लकबस्टर नेपाली फिल्म श्रृंखला ‘कबड्डी’मा मैयाँ भूमिकाले चर्चित अभिनेत्री रिश्मा गुरुङ फिल्म खेल्न नेपाल फर्किएकी छन् । आगामी फिल्म ‘रिमै’बाट पुनरागमन तयारीमा रहेकी उनी आइतबार अमेरिकाबाट नेपाल आएकी हुन् ।

‘कबड्डी ३’ पछि विवाह गरेर अमेरिका गएकी उनी त्यसयता फिल्मबाट टाढिएकी थिइन् । उनी अमेरिकामा श्रीमानसँग बस्दै आएकी छिन् ।

काठमाडौं फर्किएकी उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग फिल्ममा कमब्याकबारे कुरा गरिन् । कथावस्तु मनपरेकाले ‘रिमै’बाट फर्किन आफू तयार रहेको उनले बताइन् ।

उनले भनिन्, ‘विशेषगरी रिमै गुरुङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ । अनि फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु ।’

तपाईको प्रतिक्रिया