काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ।
स्याथी कमिटीको मंगलबारको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो।
जसमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
पदाधिकारी, पोलिट्ब्युरो र स्थायी समितिमा रहेकाहरूलाई संविधान संशोधन सुझाव कार्यदलमा राखिएको हो।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका विषय पनि उल्लेख थिए।