काठमाडौँ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो च्याम्पियन बनेको छ। शनिबार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुर च्याम्पियन बनेको हो।

योसँगै जनकपुरले सुदूरपश्चिमसँग प्राप्त लिग र क्वालिफायरको हारको बदला फाइनलमा लिएको छ।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.३ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो।

विशाल लक्ष्य पछ्याउँदै जनकपुरलाई च्यापिम्पयन बनाउने क्रममा लहिरु मिलन्थाले उत्कृष्ट इनिङ खेले। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८७ रन बनाए।

कप्तान आसिफ सेखले १९ बलमा ४ चौका र २ छक्का प्हार गर्दै ३३ रन बनाए। आसिफ र लहिरुले ७ ओभरमा ७३ रनको उत्कृष्ट साझेदारी गर्दै जनकपुरलाई राम्रो सुरुआत दिलाएका थिए।

यस्तै, हर्ष थाकरले २४ बलमा २ छक्का प्रहार गर्दै ३० रनको महत्वपूर्ण इनिङ खेले। बलिङमा सुदूरपश्चिमका स्कट कुलेगेलइन, दीपेन्द्रसिंह ऐरी, सैफ जबइ र इशान पान्डेले समान १ विकेट लिए।

त्यसअघि टज जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले विनोद भण्डारी र सैफ जबइले शतकीय साझेदारी गरेपछि सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १८४ रन बनाउँदै जनकपुर बोल्ट्सलाई ठूलो लक्ष्य दिएको हो।

सुदूरपश्चिमका लागि जइबले अर्धशतक बनाए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। यस्तै, विनोनले ३१ बलमा १ चौका र ३ छक्का मद्दतमा २१ रन बनाए। यी दुईले १२ ओभरमा ११७ रनको उत्कृष्ट साझेदारी गरेका थिए।

तर, लगातार ओभरमा दुवै ओनपर आउट भएपछि भने जनकपुरले खेलमा पुनरामगन गरेको थियो। उसले ९ विकेट ६७ रन दिएएर लियो। यस्तै, ब्रान्डन म्याकमलेन र हर्मित सिंहले समान १४ रन बनाउँदा स्कट कगेलेइन १३ रन बनाए।

बलिङमा जनकपुरका किशोर महतो र मोहम्मद मोहसिन खानले समान ३ विकेट लिँदा ललित राजवंशी र जिमी निशमले समान १ विकेट लिए।

तपाईको प्रतिक्रिया