काठमाडौँ । भारतीय गायक सोनु निगमको कन्सर्ट हुने स्थान निरीक्षणमा काठमाडौँ महानगरको प्रहरी पुगेको छ। हायात होटलको चौरमा हुन लागेको कन्सर्टस्थलको निरीक्षणमा काठमाडौँ महानगरको प्रहरी पुगेको हो।

बौद्धस्थित हायात ग्राउन्डमा १५० वटा भन्दा बढी विज्ञापनका बोर्ड हटाइएको हो। मदिराका विज्ञापन भएका बोर्ड मात्र महानगर प्रहरीले हटाइदिएको छ। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको महानगरले जानकारी दिएको छ ।

क्रिसमसका अवसरमा बुधबार बेलुका होटल हायातको मैदानमा हुने कन्सर्टमा सांगीतक प्रस्तुति दिन सोनु बुधबारै काठमाडौँ आइपुगेका छन्।
निगमले उकाली ओराली गर्दै जस्ता थुप्रै नेपाली हिट गीतसमेत गाएका छन्। उनको प्रस्तुति तीन घण्टाको रहने छ। झण्डै १० हजार दर्शक निगमको कन्सर्टमा सहभागी हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया