काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन दशकबाट मुलुकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठूलो लाभ लिने विश्वास व्यक्त गरेका छन् ।

प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्यटन दशकले नेपाललाई ठूलो लाभ प्राप्त हुने बताए । मन्त्री पाण्डेले भने, ‘सन् २०२२ देखि सुरू हुने भनिएको पर्यटक दशक कोभिड-१९ का कारण अघि बढ्न सकेन। सन् २०२५–०३५ सम्मका लागि पर्यटन दशकको रूपमा मनाउँदै छौं। र अहिले कार्ययोजना बनिरहेको छ ।’

मन्त्री पाण्डेले कोशी पर्यटन मन्त्रालयले २०२५ लाई पर्यटन वर्षको रूपमा मनाउन लागेको बताए । उनले त्यसका लागि प्रदेश मन्त्रालय फोकल मन्त्रालय भएपनि होटल व्यवसायी र पर्यटन व्यवसायीको ठूलो भूमिका हुने बताए ।

मन्त्री पाण्डेले पर्यटन दशक मनाउने काम निकै महत्वकांक्षी रहेको भन्दै पर्यटन दशकले स्वदेशमै स्वरोजगार सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया