दिपेश रोक्का,

बेल्टार । अन्तर्राष्ट्रिय रंगभेद तथा छुवाछुत उन्मूलन दिवस उदयपुरको सदरमुकाम गाईघाटमा भव्य रूपमा मनाइने भएको छ। दलित अधिकार सञ्जाल उदयपुरको आयोजनामा हुने कार्यक्रममा जिल्लाभरका दलित अधिकारकर्मीहरू सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहनेछ। यो कार्यक्रम  सबै दलका जनवर्गीय संगठन एमाले सम्बन्ध मुक्ति समाज कांग्रेस सम्बन्ध दलित सङ्घ माओवादी सम्बन्ध मुक्ति मोर्चा सहितको संयुक्त निर्णय अनुसार कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रम त्रियुगा नगरपालिका-११, पिपलचोकमा बिहान १० बजे सुरु हुनेछ। पिपलचोकबाट पञ्चेबाजासहित बजार परिक्रमा गरिनेछ, जसपछि खुला सभा आयोजना गरिनेछ। कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनेछन्।

दलित अधिकार सञ्जाल उदयपुरले कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गरेको छ। सहभागीहरूको सुविधाका लागि बेलका, चौदण्डीगढी, र कटारी नगरपालिकाको सहयोगमा जान-आउनका लागि दुई-दुईवटा बसको व्यवस्था गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति उदयपुरका समन्वय प्रमुख गौरव बहादुर विश्वकर्मा रहनुहुनेछ। विशेष अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक (SP), जिल्ला सरकारी वकिल कार्यालय प्रमुख, साथै त्रियुगा, चौदण्डीगढी, बेलका, र कटारी नगरपालिकाका नगरप्रमुखहरू तथा गाउँपालिकाका अध्यक्षहरूको उपस्थिति रहनेछ।

दलित समुदायका अधिकार सुनिश्चित गर्न सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा व्यापक सहभागिता जनाइदिन आयोजकले अनुरोध गरेको छ।

सम्पर्क: कृष्ण नेपाली (९८४२५३७४४९)
(सचिव, दलित अधिकार सञ्जाल उदयपुर)

तपाईको प्रतिक्रिया