दिपेश रोक्का, बेल्टार । दलित अधिकार सञ्जाल उदयपुरको आयोजनामा अन्तर्राष्ट्रिय रंगभेद तथा भेदभाव उन्मूलन दिवस आज चैत ८ गते  भव्य रूपमा सम्पन्न भएको थियो । गाईघाट बजारको  परिक्रमा गरेर पिपल चोकको खुल्ला सभामा कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा गौरव बहादुर विश्वकर्माको उपस्थिति रहेको थियो। साथै, जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिका प्रमुखहरू, समुदायस्तरका अगुवा तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै चौदण्डीगढी नगरपालीका मेयर कालुमान लामाले आफ्नो कार्यकालमा आफ्नो नगरका दलितहरुलाई अब दलित हैन्न अब सबै सम्मान हो तथा चौदण्डीगढी नगरपालीका भित्र जातिय भेदभावको अन्तय भएको घोषणा गरेका थिए साथै यहि वर्ष भित्र दलित सशत्तिकरण ऐन निमार्ण गरि चाडै  कार्यन्वयन गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई आयोजक संस्था दलित अधिकार सञ्जाल उदयपुरका सचिव कृष्ण नेपालीले विशेष धन्यवाद दिएका छन्। साथै, कार्यक्रममा सञ्चालनको क्रममा केही सम्मान गर्नुपर्ने ठाउँमा त्रुटि हुन गएकोप्रति उनले क्षमायाचना गरेका छन्।

कार्यक्रमले समाजमा रहेका जातीय विभेद हटाउँदै समानता र सामाजिक न्यायको सन्देश फैलाउने विश्वास गरिएको छ।

कार्यक्रममा १५०० जनाको उपस्थिीति रहेको थियो । कार्यक्रमको अध्यक्षता ग्रहण दलित अधिकार सञ्जाल उदयपुरका अध्यक्ष मिन विश्वकर्माले गरेका थिए ।

तपाईको प्रतिक्रिया