दिपेश रोक्का। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा लोकतान्त्रिक एशोसिएसन र गणतान्त्रिक मञ्च को संयुक्त प्यानलबाट अध्यक्ष पदका लागि उठ्नुभएका भुवन सिंह गुरुङ लाई समर्थन दिनेको लहर बढ्दै गएको छ।
चैत २९ गते हुने निर्वाचनमा व्यवसायीहरू सुधारको पक्षमा उभिँदै “दुई मध्य कालो कोट, भुवन सिंह गुरुङलाई दिनुस है भोट!” भन्ने नारासहित चुनावी अभियानलाई तिव्र बनाएका छन्। व्यवसायीहरू “हामी शीत छैन है नोट, भुवन सिंह गुरुङमा छैन कुनै खोट!” भन्दै स्वच्छ नेतृत्वका लागि गुरुङको जित आवश्यक रहेको बताएका छन्।
सेन्डिकेटविरुद्ध अभियान, व्यवसायमैत्री सुधारको प्रतिबद्धता
गुरुङ प्यानलले व्यवसायीहरूको हकहित सुनिश्चित गर्दै नयाँ नीति र सुधारका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ। अव्यवस्थित सेन्डिकेट प्रणाली अन्त्य गर्दै पारदर्शी व्यवस्थापनको पक्षमा उभिएको गुरुङ नेतृत्वको टोलीले व्यवसायीहरूलाई आह्वान गर्दै भनेको छ –
✅ “यसपाली गुरुङ प्यानललाई भोट हालाै, सेन्डिकेट धारिलाई जरैबाट फालाै!”
गुरुङ नेतृत्वको प्यानलले वैदेशिक रोजगार व्यवसायलाई स्वतन्त्र, पारदर्शी, व्यवसायमैत्री बनाउने लक्ष्य राखेको छ। व्यवसायीहरूको एकता र सुधारको पक्षमा उभिएर “भोट हालौं, हालौं!” भन्ने जोशका साथ चुनावी माहोल तताएको छ।
अबको नेतृत्वले वैदेशिक रोजगार व्यवसायलाई नयाँ उचाइमा पुर्याउने भएकाले व्यवसायीहरू सचेत भई समर्पित, इमानदार र नीतिगत सुधारमा अग्रसर उम्मेदवार चयन गर्नुपर्ने गुरुङको आग्रह छ। “हामी व्यवसायीहरूको हितका लागि निरन्तर काम गर्नेछौं,” उहाँको प्रतिबद्धता छ।