दिपेश रोक्का/ कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित प्रोग्रेसिभ टोलमा भूमि समस्या समाधान आयोग, जिल्ला समिति मोरङको नापी टोलीद्वारा नापजाँच कार्य सुरु भएको छ। उद्घाटन कार्यक्रम पालिका अध्यक्ष राजमति इङ्नाम, वडा नं. ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादव, नापी अधिकृत रितेश मण्डल, सर्वेक्षकहरू कमल बराल, राष्ट्रिय भुमी आयोग मोरङका अध्यक्ष नवीन पौडेल , पविन्द्र खड्का र निरज दाहाल लगायतको उपस्थितिमा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा समाजसेवी टंक घिमिरे, वडा सदस्यहरू जितेन्द्र लिम्बू, जीवन लिम्बू, रुविना परियार लगायत स्थानिय बासिन्दा, आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो।
त्यसैगरी, तत्कालीन पार्टी सचिव हरि पौडेल, गाउँ कमिटी अध्यक्ष खेमनाथ पौडेल, अग्रज दामोदर सिग्देल, दिपेन न्यौपाने र वद्रि फुयालजस्ता नेताहरूको योगदानको पनि चर्चा गरियो। उनीहरूले उठाएको आवाज र प्रयासकै कारण आज यो कार्यान्वयनको चरणमा पुगेको जनाइएको छ।
निवर्तमान पालिका अध्यक्ष ताराबहादुर काफ्ले र तत्कालीन राष्ट्रिय भूमि आयोग अध्यक्ष केशव निरौलाको पहलमा मोरङ जिल्लामै सबैभन्दा धेरै काम कानेपोखरी गाउँपालिकामा भएको बताइएको छ।
कार्यक्रममा पालिका उपाध्यक्ष भोला प्रसाद अधिकारीले सम्पूर्ण वडाध्यक्ष, सदस्य, राजनैतिक दलका नेतृत्व तथा स्थानिय जनसमुदायको सहयोग र सहभागिताका लागि आभार व्यक्त गर्दै अभियानलाई अझ सफल बनाउने प्रतिवद्धता व्यक्त गरे।