दिपेश रोक्का / कानेपोखरी । उज्ज्वल भविष्य बाल समूहको आयोजनामा कानेपोखरी गाउँपालिका भरिका बालबालिकालाई लक्षित गर्दै तीनदिने बेसिक चित्रकला (ड्रइङ) कोर्स सञ्चालन हुने भएको छ। फारम भर्ने म्याद चैत २६ गतेदेखि ३० गतेसम्म तोकिएको छ।

कार्यक्रम अन्तर्गत सहभागी बालबालिकालाई रेखाचित्र निर्माण, छायांकन, परिप्रेक्ष्य, कार्टून/माङ्गा डिजाइन र रङ्ग प्रयोग जस्ता विषयमा आधारभूत ज्ञान दिइनेछ। प्रशिक्षण प्रत्येक दिन २ देखि ३ घण्टासम्म सञ्चालन हुनेछ।

“हामीले चित्रकलामा रुचि राख्ने बालबालिकालाई लक्षित गर्दै प्रयोगात्मक किसिमको कोर्स ल्याएका हौं,” समूहका संरक्षक नविन श्रेष्ठले बताए। उनका अनुसार यो कोर्स निशुल्क हुने र २० देखि २५ जना सम्म मात्र सहभागी गराइने छ।

समूहका अर्का संरक्षक सदस्य नगेन्द्र घिसिङका अनुसार सीमित सिट भएकाले चाँडो फारम भर्नुपर्ने आवश्यकता रहेको छ।

भर्ना तथा थप जानकारीका लागि सम्पर्क:

नविन श्रेष्ठ — ९८००९५४७४७

नगेन्द्र घिसिङ — ९८०७३८८४३३

सुमित राई — ९८००९४८१९४

कार्यक्रमसम्बन्धी आगामी सूचना उज्ज्वल भविष्य बाल समूहको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत सार्वजनिक गरिनेछ।

तपाईको प्रतिक्रिया