मनोज कार्की / कानेपोखरी ।  नयाँ वर्ष २०८२ को अवसरमा रमाइलो जेसीजको आयोजनामा तथा कानेपोखरी साहित्य समाजको सहकार्यमा साहित्यिक साँझ सम्पन्न भएको छ।

मनिका होटलको सभाहलमा सोमबार साँझ सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदानसँगै साहित्यिक प्रस्तुति गरिएको थियो। कार्यक्रमको संयोजन जेसी इन्दु कटुवालले गरेकी थिइन् भने सभाध्यक्षता रमाइलो जेसीज २०२५ का डाइनामिक लिडर जेसी युवराज कार्कीले गरेका थिए।

कानेपोखरी गाउँपालिका–५ का वडाध्यक्ष चरण गुरुङ प्रमुख अतिथि रहेका कार्यक्रममा उनले रमाइलो जेसीजले सकारात्मक गतिविधि गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरे। यस्ता कार्यक्रमलाई सधैं सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।

कार्यक्रममा दुर्गा बहादुर कार्की, सञ्जीव लिम्बु, ओमप्रकाश रिजाल, नवीन जोडारी, नूतन ज्ञानीलगायत स्थानीय सर्जकहरूले साहित्यिक प्रस्तुति दिएका थिए।

रमाइलो जेसीज, जुनियर जेसीज र कानेपोखरी साहित्य समाजको उपस्थिति रहेको कार्यक्रम नववर्षको शुभकामना आदानप्रदानसहित सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया