दिपेश रोक्का । गायक मिलन परियारको स्वरमा नयाँ गीत बदला सार्वजनिक भएको छ। इन्द्रजित भुलको शब्द र राजेश शताब्दीको संगीत रहेको गीतमा सन्तोष सुनामले संगीत संयोजन गरेका छन्।
प्रेम, मिलन र विछोडको कथालाई समेटिएको गीतको भिडियोमा दिनेश कठायत, मिलन खड्का, आदित्य शाही ठकुरी, शिवराज डाँगी र रीना माझीको अभिनय समावेश गरिएको छ। भिडियोलाई मिलन खडकाले निर्देशन गरेका हुन्।
दिनेश पराजुलीको छायांकन र विनोद बमको सम्पादन रहेको भिडियो मिलन खडकाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा रीना माझीले प्रेममा धोका भोगेकी युवतीको मनोदशा मार्मिक रूपमा उतारेकी छिन्। उनले प्रस्तुत गरेको भावपूर्ण अभिनय दर्शकदर्शिकाबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
गीत सार्वजनिक भएको छोटो समयमै दर्शकको ध्यान तान्न सफल भएको छ।