दिपेश रोक्का , कानेपोखरी।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (YCL) नेपालको कानेपोखरी गाउँ कमिटीको तेस्रो गाउँ सम्मेलन सोमबार सम्पन्न भएको छ। सम्मेलनबाट बिशुराज राईको नेतृत्वमा ३५ सदस्यीय नयाँ गाउँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

कार्यसमितिमा राई अध्यक्षमा चयन हुँदा, उपाध्यक्षमा धिरेन लिम्बू र नवराज चौलागाईं, सचिवमा सुभास पाण्डे, सहसचिवमा केवल कटुवाल र सुनिल मैनाली चयन भएका छन्। कानेपोखरीमा आयोजित भव्य सम्मेलनको उद्घाटन YCL नेपालका केन्द्रीय सचिव तथा १ नं. प्रदेश इञ्चार्ज कर्मा पुलामीले गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य जयराज संयोग, प्रदेश सदस्य अम्बिका प्रसाद अर्याल, YCL मोरङ जिल्ला इञ्चार्ज दिपल आले मगर, पूर्व पार्टी अध्यक्ष मनोज कुमार राजबंशी, नेता दुर्गा कार्कीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य मनोज कुमार राजबंशीले राखेका थिए भने सञ्चालन YCL प्रदेश समिति सदस्य तथा कानेपोखरी इञ्चार्ज रोशन थुलुङ राईले गरेका थिए। कार्यक्रमलाई अतिथिहरूले शुभकामना मन्तव्यद्वारा सम्बोधन गरेका थिए।
सम्मेलनमा १३५ जना युवाहरूको बृहत उपस्थिति रहेको थियो, जसले संगठनप्रतिको जनविश्वास झल्काएको छ।

नव-निर्वाचित अध्यक्ष बिशुराज राईले YCL नेपाललाई अझ सशक्त र प्रभावकारी बनाउँदै पार्टी, समाज र देशलाई समाजवादको दिशातर्फ अघि बढाउने अठोट व्यक्त गरे। उनले भने, “YCL सधैं रचनात्मक सोच, अनुशासन र योजनासहित अगाडि बढ्नेछ। माओवादी पार्टीलाई आगामी निर्वाचनमा पहिलो शक्ति बनाउने हाम्रो प्रतिबद्धता हो।”

 

तपाईको प्रतिक्रिया