हेटौँडा। गणतन्त्र दिवस, २०८२ को अवसरमा बागमती प्रदेश सरकारले चेपाङ समुदायका पहिलो पत्रकार नेपोलियन चेपाङलाई विकास पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ।
हाल रोडम्याप न्युज डटकमसँग आबद्ध चेपाङ विगत २० वर्षदेखि पत्रकारिता पेशामा निरन्तर लागिरहेका चेपाङलाई हेटौंडामा आयोजना भएको गणतन्त्र दिवस समारोहमा नगद २५ हजारसहित सम्मान गरिएको हो ।
प्रदेश प्रमुख दिपक प्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिँह लामा, आन्तरिक मामिलामन्त्री सुरजचन्द्र लामिछानेले चेपाङलाई सम्मान गरेका हुन ।
गोरखापत्र संस्थानबाट प्रकाशित बहुभाषा पृष्ठमा चेपाङ भाषाको पृष्ठ संयोजक समेत हुन् ।