दिपेश रोक्का। कानेपोखरी गाउँपालिका–६ मा रहेको पर्ल एकेडेमी इंग्लिश स्कूलले संस्थापक स्व. डम्बर सिंह गुरुङको ५२ औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ शुक्रबार मनाएको छ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ मा विभिन्न कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने ७१ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। साथै ११ विधामा उत्कृष्ठ हुने विद्यार्थीहरूलाई ‘विद्यार्थी सम्मान’ प्रदान गरिएको हो।
शैक्षिक सत्र २०८२ मा नयाँ भर्ना भएका ५५ विद्यार्थीलाई स्वागत तथा वैशाख र जेठ महिनामा सञ्चालन भएका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट १८ विद्यार्थीलाई पनि पुरस्कृत गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रम विद्यालयकी निर्देशक मन कुमारी गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कानेपोखरी–६ का वडाध्यक्ष खड्गबहादुर बस्नेत विशेष अतिथि रहेका कार्यक्रममा शैक्षिक निर्देशक केदार धिमाल, प्रिन्सिपल फडिन्द्र अधिकारी, भोला भट्टराई, होमकुमार मोतेलगायतको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन शिक्षिका मेनुका गौतमले गरेकी थिइन् भने स्वागत मन्तव्य शिक्षक जनक ढकालले दिएका थिए।