काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था, नेपाल दलित संघको कार्यसम्पादन समिति गठन भएको छ । संघका सभापति लोकबहादुर विश्वकर्माले संघका २२ जना केन्द्रीय सदस्यहरुलाई कार्यसम्पादन समितिमा मनोनित गरेका हुन् ।

नेपाल दलित संघको विधानको धारा १६ को उपधारा ५ बमोजिम २२ जना संघका केन्द्रीय सदस्य केन्द्रीय कार्यसम्पादन समितिमा मनोनित भएका हुन् । संघको विधानको अधिनमा रहेर संगठन विस्तार एवम् संघको गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्न संघका अध्यक्ष बिश्वकर्माले प्रेस विज्ञप्तीमार्फत् आग्रह गरेका छन् ।

कार्यसम्पादन समितिमा संघका केन्द्रीय सदस्यहरु शम्भुहजारा दुसाद, मुक्तबहादुर महते, लोकेन्द्र विश्वकर्मा, रामवरण पासवान, मन्जित ताम्राकार, धनमान बराइली, भिमसेन दमाई, विरबहादुर विक, हर्कबहादुर विश्कर्मा, गोपालबहादुर विश्वकर्मा, गोपालबहादुर विके र रामसुन्दर महरा मनोनित भएका छन् ।

यस्तै शिव सुनार, धर्म नेपाली, वालकुमार विश्वकर्मा, केदार गहतराज, विष्णुभक्त बराइली, राजेन्द्र घताने, रुपा सुनार, सन्जुसिंह विश्वकर्मा, प्रेम विश्वकर्मा, पवित्रा विश्वकर्मा र हरिहर परियार मनोनित भएका हुन् ।

 

तपाईको प्रतिक्रिया