काठमाडौं । गायक तथा सर्जक रायन बस्यालले सर्वोत्कृष्ट नवप्रतिभाको अवार्ड प्राप्त गरेका छन् । बस्यालले एक वर्ष अघि बजारमा ल्याएको ‘घामको झुल्को’ गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा अवार्ड प्राप्त गरेका हुन् ।
१२ औँ म्युजिक खवर अवार्ड्मा विभिन्न विधाका कलाकालाई सम्मान सङ्गै नेपालका लोकप्रीय तथा चर्चित कलाकालाई अवार्ड प्रदान गर्ने क्रममा उनलाई सर्वोत्कृष्ट नवप्रतिभाको अवार्ड प्रदान गरिएको हो । अवार्ड प्राप्त गरेपछि उनले आफुलाई यस सम्मानले थप हौसला मिलेको छ र आगामि दिनमा साङ्गितिक क्षेत्रमा थप योगदान पुर्याउने प्रतिवद्धता जनाए ।
नेपालमा हुने अवार्ड मध्ये म्युजिक खवर अवार्ड एक उच्च स्तरको अवार्डका रुपमा गनिन्छ । युवा गायक तथा सर्जक बस्यालका गीत पछिल्लो समय चर्चा कमाउदैँ आएका छन् । बस्यालको ‘घामको झुल्को’ पहिलो गित हो र पहिलो गित नै हिट भएको थियो । उक्त गीत युट्युवमा करिव ५६ लाख भन्दा धेरै पटक हेरिसकिएको छ ।
दोस्रो गित ‘घाम पानीको छाता’ (कलियुगको राधा कृष्ण) करोड क्लवको नजिकै पुगिसकेको छ । गोरखा स्थायी घर भएका बस्यालले भर्खरै मात्रै ल्याएको ‘गोरखाको भच्चेक बजारमा’ चलिरहेको छ । सम्मानित हुनेमा म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ बाट बिशिष्ट गीतकार यादव खरेल, म्यूजिक खबर रजत सङ्गीत सम्मान–२०८१ बाट गायक तिलकसिंह पेला, म्युजिक खबर दशक संगीत सम्मान– २०८१ बाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल, म्युजिक खबर युवा सङ्गीत सम्मानबाट गायिका मिना लामा, बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पुजा देवकोटा, म्यूजिक खबर डायस्पोरा संगीत सम्मान गीतकार डा.रमिल अधिकारीलाई प्रदान गरिएको छ ।
यस्तै म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ फोटोपत्रकार प्रदिपराज वन्त, विमल शाहलाई म्यूजिक खबर संगीत व्यवसायी सम्मान प्रदान गरिएको छ ।