काठमाडौं। राइड सेयरिङ र फूड डेलिभरी सेवा प्रदान गर्दै आएको पठाओ नेपालले ‘सेभर प्याक’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। नियमित रूपमा बाइक र कार चढ्ने तथा फूड अर्डर गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो योजना बिटा भर्सनमा ल्याएको हो।
कम्पनीका अनुसार ‘सेभर प्याक’ अन्तर्गत विद्यार्थी, अफिस यात्रु र नियमित प्रयोगकर्तालाई ध्यानमा राखेर तीन फरक प्याकेज उपलब्ध छन् — स्टुडेन्ट प्याक, अफिस प्याक र सुपर सेभर प्याक।
विद्यार्थीका लागि छुटसहितको ‘स्टुडेन्ट प्याक’
२९९ रुपैयाँमा उपलब्ध स्टुडेन्ट प्याक खरिद गर्नेले २६ वटा बाइक राइडमा हरेकमा ४५ रुपैयाँ छुट पाउनेछन्। यो प्याक खरिद गर्न विद्यार्थी परिचयपत्र देखाउनुपर्नेछ।
कार र बाइक चढ्ने अफिस यात्रुका लागि ‘अफिस प्याक’
४९९ रुपैयाँको अफिस प्याकमार्फत ग्राहकले १८ वटा बाइक राइडमा ४० रुपैयाँ, ३ वटा कार–लाइट राइडमा १२० रुपैयाँ र ३ वटा कार–प्लस राइडमा १५० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन्।
सबैभन्दा विस्तृत ‘सुपर सेभर प्याक’
९९९ रुपैयाँको सुपर सेभर प्याकमा १५ वटा बाइक राइडमा ४० रुपैयाँ, ५ वटा कार–लाइट राइडमा १५० रुपैयाँ, ५ वटा कार–प्लस राइडमा २०० रुपैयाँ र ५ वटा फूड अर्डरमा १० प्रतिशत (अधिकतम २०० रुपैयाँसम्म) छुट पाइनेछ।
पठाओले सेभर प्याक योजनाले ग्राहकको नियमित खर्च घटाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ। यी प्याकेजहरू कम्पनीको वेबसाइटमा रहेको ब्लग सेक्सनबाट खरिद गर्न सकिनेछ।
कम्पनीले प्रारम्भिक चरणमा सार्वजनिक गरिएको यो प्याकेजमा ग्राहकको प्रतिक्रिया र सुझावका आधारमा आगामी दिनमा आवश्यक सुधार गर्ने बताएको छ।