काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) चन्द्रकुवेर खापुङलाई सम्मान गरिएको छ। तेह्रथुमको मेन्छ्यायेम सेवा समाजले एक कार्यक्रमका बीच एआईजीपी खापुङ्लाई सम्मान गरेको हो। मेन्छ्यायेममा जन्मि हुर्की तथा माध्यमिक तहसम्मको अध्ययन पूरा गरी नेपाल प्रहरकिो अतिरिक्त महानिरीक्षक जस्तो पदमा पुगेर जिल्लावासी सबैलाई गौरवान्वित बनाएको भन्दै आयोजक संस्थाले मेन्छ्यायेमवासीकातर्फबाट सम्मान गरेको हो।

सम्मान कार्यक्रममा तेह्रथुम सरोकार समाजका सल्लाहकार, तथा स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानका बरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले एक असल र क्षमतावान प्रहरी अधिकृतका रुपमा खापुङले समग्र जिल्लाको शिर उँचो बनाएको भन्दै उनलाई प्रहरी महानिरीक्षक बन्ने शुभकामना दिए। समाजका वर्तमान अध्यक्ष डिल्लीराम ढुङ्गेलले पनि एआईजीपी खापुङ तेह्रथुम जिल्लाको लागि गौरव र प्रेरणाको स्रोत भएको उल्लेख गर्दै थप सफलताको शुभकामना दिए।

कार्यक्रममा एआईजीपी खापुङले आफ्नो जन्मभूमिका साथीहरूको सम्मान र हौसलाको विशेष अर्थ रहने भन्दै यस्तै हौसला, प्रेरणा र स्वस्थ आलोचनाले आफुलाई अघि बढ्न मार्गदर्शन गर्ने बताए। यस्तै, मेन्छ्यायम गाउँपालिकामै जन्मिएका प्रहरी बरिष्ठ उपरिक्षक अभिनारायण काफ्लेले पनि एआईजीपी खापुङलाई बधाई दिँदै आफ्ना लागि सँधै प्रेरणाको पात्र रहेको बताए।

तपाईको प्रतिक्रिया