काठमाडौँ। गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४ वटा मनसुनजन्य विपद्का घटना भएका छन्। ती घटनामा ३१ जनाको मृत्यु र ११२ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को तथ्यांकले देखाएको छ।

उक्त अवधिमा पहिरोका ८७ घटनामा २५ घरमा आंशिक र ११ घरमा पूर्ण क्षति भएको छ। समीक्षा अवधिमा एउटा पुल, ७ वटा गोठ र १४ चौपाया मरेका छन्। पहिरोबाट रु दुई करोड २१ लाख बराबरको क्षति भएको छ।

यसैगरी, बाढीका ६४ घटनामा ४ जनाको मृत्यु भएको तथा ४ जना नै घाइते भएका छन्। बाढीबाट १२३ परिवार प्रभावित भएका छन्। चार वटा घरमा क्षति भएको छ।

चट्याङका ८२ वटा घटनामा आठ जनाको मृत्यु भएको, २० जना घाइते भएका छन्। हुरीका ४५ घटनामा एक जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन्।

विपद्का घटनामा रु २६ करोडको आर्थिक क्षति भएको छ।

तपाईको प्रतिक्रिया